blog post

वेपत्ता दिवसमा रक्तदान र अन्तरक्रिया

 भदौ १६, २०८०, शनिबार

बलपूर्वक बेपता परिएका व्यक्तिहरुको १३औं अन्तराष्ट्रिय दिवसको सन्दर्भमा “हाम्रो आफन्ताहरु खोइ सरकार रु” भन्ने विषयमा केन्द्रीत रही अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरि साप्ताहिक रुपमा दिवस मनाइएको छ । 

बेपता परिवारका व्यक्तिहरुले संघ, प्रदेश र स्थानीय सरकारले द्वन्द्वपीडितको कुरा नसुनेको गुनासो गरेका छन् । शान्ति सम्झौता भएको १७ वर्ष भयो तर द्वन्द्वपीडितको समस्या समाधान भएन, आगामी दिनमा राज्यले वेपता परिवारको माँग सम्बोधन गर्न आग्रह गरो थिए । 

न्याय लागि द्वन्द्वपीडित समाज बाँके, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाल रेडक्रस सोसाइटी बाँकेलगायत संस्थाहरुको संयुक्त आयोजनामा बेपता व्यक्तिहरुको सम्झनामा रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले द्वन्द्वपीडित परिवारले सरकारको मुख ताक्नु भन्दा आफैले आयआर्जन गरेर जीवनयापन तर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

द्वन्द्वपीडित परिवारहरुले द्वन्द्वपीडितको पहिचान हुनेगरी सरकारले परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार, शिक्षा, सीप र रोजगारको व्यवस्था गर्न माँग गरेका थिए । 

बेपता परिवारतर्फबाट जेष्ठ नागरिक ढुन्नी थरुनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नारायण बस्नेत, जिल्ला समन्वय समितिका जगदीश बाल्मीकी, वडाप्रहरी कार्यालयका अम्मर रावत, न्यायका लागि द्वन्द्वपीडित राष्ट्रिय महिला संजालकी उषा दहाल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, न्याय लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेती लगायतले द्वन्द्वपीडितले राखेको कुरालाई सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमा द्वन्द्वपीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।