blog post

कार चालक थापा पुर्पक्षका लागि जेलचलान

 बैशाख २२, २०७९, बिहीबार

    
    नेपालगन्ज २२ बैशाख । कारले किचिएर नेपालगन्जमा एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । 
    बाँके जिल्ला अदालतमा आज विहीबार भएको थुनछेक बहसमा बाके जिल्ला अदालतका न्यायाधिश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले थुनामा पठाएको हो । तिब्र गतिमा गाडी चलाएर किचेर मारेको र सि.सि.टि.भी फोटेज र प्रमाण समेतको आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको हो । 
    मुद्दाको सुनवाईमा पिडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गर्नुभएको थियो । 
    सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरवाही तारिकाले जानीजानी मारेको भन्दै जन्मकैदको सजाय समेत व्यवथा रहेको अधिबक्ता बलबहादुर चन्द बताउछन । 
    २०७८ चैत २७ गते विपी चोक नजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिडीरहेका पैदल यात्री किचेर नेपालगन्जका ६५ वर्षिय समिमा इदिसी, ५ वर्षिय बालक मो कासिम इद्रिसी र ६ वर्षिय मोहम्द अली हलवाईको मृत्यु भएको थियो । 
    आजको बहसमा पिडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतको समुहले कानूनी सहयोग गरेको छ । संस्थाले गरिब तथा असहाय पिडित र न्याय नपाएकाहरुलाई निशुल्क कानूनी सेवा समेत प्रदान गर्दै आएको छ ।