blog post

योजना तर्जुमा प्रक्रियामा लक्षित वर्गको सहभागितामा जोड

 जेठ ११, २०७८, मंगलबार


नेपालगन्ज ११ जेठ । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समुदायका लक्षित वर्गका सवाल समेटनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । लक्षित वर्ग अन्र्तगत महिला, बालबालिका, युवा, अपागंता भएका व्यक्ती तथा पछाडी पारिएका समुदायको अर्थपूर्ण सहभागितामा योजना निमार्ण गर्नुपर्ने उनीहरुले माग गरेका छन । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बााके डुडुवा गाउापालिकाका जनप्रतिनिधी र नागरिकविच आज गरेको भर्चुअल छलफलका सहभागिहरुले समुदायमा रहेका समस्यालाई पहिचान गरि त्यसका आधारमा योजना बनाउन सुझाव दिएका थिए ।

उनीहरुले समुदायको विकासका लागि भौतिक पुर्वाधार मात्र नभई लक्षित वर्गका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिदै योजना तर्जुमा प्रक्रियामा आफुहरुलाई पनि सहभागि गराउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा गाउापालिकाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्रीले योजना तर्जुमा प्रक्रियाका चरणहरु, योजना छनौटको प्राथमिकता र कार्यन्वयन, कोभिड महामारीका बेला संचालित योजनाको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै सहजीकरण गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा उद्देश्यका बारेमा कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गर्नुभएको थियो भने सहजीकरण कार्यक्रम संयोजक टेकनाथ आचार्यले गर्नुभएको थियो ।  कार्यक्रममा गाउापालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, कर्मचारीहरु, संस्थाद्धारा गठित स्थानीय सभाका पदाधिकारी, र अन्य नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।