blog post

योजना तर्जुमा प्रकृयामा नागरिक समाजको सहभागिता विषयक भर्चुअल छलफल

 जेठ १९, २०७८, बुधबार

नेपालगन्ज १९ जेठ । बर्दियाको वढैयाताल गााउपालिकामा योजना तर्जुमा प्रकृयामा नागरिक समाजको सहभागिता विषयमा भर्चुअल बैठक भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित छलफलमा  गााउपालिकाको योजना तथा कार्यक्रमका बारेमा प्रमुख प्रशासकिय अधिकृतले प्रतुतिकरण गर्नुभएको थियो । 
कार्यक्रममा न्युन आय भएका, विपन्न वर्गका परिवारका लागि भेटेनरी, जेटिए जस्ता प्राविधिक शिक्षाका लागि योजना र कार्यक्रमको व्यवस्था गर्नु पर्ने, गााउ टोलबाट छनोट भएका योजनाहरु प्राथमिकिकरण हुनुपर्ने, सबै वर्ग, क्षेत्र, समुदाय, लिंग र भुगोल समेटि बजेट र योजना हुनु पर्ने, युवा लक्षित रोजगार र सीपमूलक कार्यक्रमहरुको व्यवस्था हुनुपर्ने, छुवाछुत, भेदभाव विरुद्ध कार्यक्रमहरुका लागि बजेट र योजना हुनु पर्ने, भोतिक विकासमा मात्र नभइ आयमूलक जनशक्तिमा जोड दिनुपर्ने विषयमा सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले उठाएका विषयहरुमा गााउपालिकाले आत्मसात गरी कार्यान्वयन गर्ने भनि पालिकाको तर्फबाट उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले प्रतिवद्धता गर्नुभयो । 
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षता सम्पन्न कार्यक्रममा वढैयाताल गाउपालिकास्तरिउ नागरिक समाज, संघ सस्थाका प्रतिनिधिहरु, स्थानिय सभा, रेडियो स्रोता समुह, विद्यार्थी, युवा संजाल, दलित संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।