blog post

सेवा प्रवाहका बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच हुनु पर्ने

 चैत १९, २०७७, बिहीबार

बाँके २१ चैत्र / स्थानीय सरकारले प्रवाह गर्ने सेवासुविधा बारे स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच तथा नीति तथा कार्यक्रमको बारेमा जानकारी हुनु पर्ने एक कार्यक्रमको सहभागीले जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्ज र यूएसआइडी र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकाको वडा नं.५ कम्दीमा साझा सभा एप्स सम्बन्धि अभिमुखीकरण गरिएको छ । सो अभिमुखीकरणमा डुडुवा गाउँपालिकाको वेभसाइटको बारे पनि जानकारी दिईएको छ । सो अभिमुखीकरणका सहभागीहरुले गाउँपालिकाबाट प्रदान हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा स्थानीय नागरिकहरुलाई सूचनाको पहुँच तथा नीति तथा कार्यक्रमको बारेमा जानकारी हुनु पर्नेमा जोड दिएका छन् ।

सो अभिमुखीकरणमा साझा सभा एप्समा आफना गाउँठाउँका शिक्षा, स्वास्थ्य, कृषिमा देखिएका समस्याहरु पोस्ट गरि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्नको लागि प्रयोग गरिने एप्स हो । सो स्थानीय सभाका सदस्य तथा रेडियो श्रोता समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
साझा सभा एप्सको उद्धेश्य, प्रक्रिया र महत्वको बारेमा आईएचआसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले प्रष्ट पार्नु भएको थियो । साथै आईएचआसीका जवाफदेहिता अधिकृत सोम गुरुङ्गले साझा सभा एप्समा स्थानीय ठाउँका शिक्षा, सवास्थ्य, कृषि तथा विपतका समस्याहरु कसरी पोस्ट गर्ने भन्ने बारेमा जानकारी दिएका थिए । पारस्परिक जवाफदेहिता परियोजनाले ३४ जिल्लामा सुशासन, जवाफदेहिता र पारदर्शिताको सवालमा कार्य गरिरहेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सुशासनको लागि पैरवी गरिहेको छ ।