blog post

नागरिक समाज बाकेद्धारा राष्ट्रपतिको गैरसंबैधानिक कदमको विरोध

 जेठ १०, २०७८, सोमबार

  
    नेपालगन्ज १० जेठ । राष्ट्रपतिद्धारा मध्यरातमा संसद विघटन गरिएको कार्य गैरसंबैधानिक कार्य भएको भन्दै नागरिक समाज बााकेले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । संविधानको भावना मूल्य र मान्यतालाई अक्षरस पालना नै नगरि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधी सभा विघटन गर्ने र अर्को प्रतिनिधी सभाको निर्बाचनको मिति तोक्न मन्त्रीपरिषदबाट २०७८ जेठ ८ गते निर्णय भई प्रधानमन्त्रीबाट राष्ट्रपतिसमक्ष सिफारिस भएकोमा सोही बमोजिम राष्टपतिद्धारा मध्यरातमा संसद विघटन गरिएको थियो । 
    संविधानको धारा ७६ को उपधारा १, २, ३ र ५ बमोजिमको प्रक्रिया अवलम्बन गर्दा समेत प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधी सभाका अरु कुनै सदस्य प्रधानमन्त्री नियुक्त हुने विकल्प समाप्त भएपश्चात मात्र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधी सभा विघटन हुने संबैधानिक प्रावधान रहेकोमा प्रधानमन्त्री र राष्ट्रपतिबाट उक्त संविधानको परिपालना गर्न गराउनुपर्ने कर्तव्य र दायित्व बोकेका संबैधानिक पदाधिकारीहरुबाट नै संविधानको प्रतिकुल मध्यवधि निर्वाचनको घोषणा गरिएकोमा उक्त निर्वाचनलाई स्थागित गरि तत्काल कोभिड १९ को महामारीबाट देश र जनतालाई बचाउन देशका विज्ञ स्वास्थ्यकर्मीहरुबाट समेत अपिल गरिएको सन्दर्भलाई विचार गर्दै यो संकटको क्षणमा आम जनतालाई खोप, भेन्टिलेटर र अक्सिजनसहितको प्रभावकारी उपचारको आवश्यकता छ । मतपत्र होइन । जनताको जिवन रक्षा गर्ने जनस्वास्थ्य प्रर्णाली र राज्यको स्रोत साधन सार्वजनिक हित र न्यायको निम्ती चाहिएको विज्ञप्तीमा भनिएको छ । 
    जनताको बाच्न पाउनुपर्ने हक अन्र्तगत पर्ने सबै नेपालीको प्रभावकारी स्वास्थ्य उपचारमा सहज पहुचको सुव्यवस्थाका साथै संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ गैर संबैधानिक काम कारवाही एवम् तानाशाही प्रवृत्तीलाई प्ररास्त गर्दै संबैधानिक सर्बोच्चता र विधीको शासन कायम गर्ने सन्दर्भमा सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिकहरु एकजुट भई बर्तमान सरकारको गैरसंबैधानिक कार्यको नागरिकस्तरबाट विरोध गरिएको हो । 
    नागरिक समाजका तर्फबाट नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, उच्च अदालत बार एशोसिएशन नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठ, नेपाल मानवअधिकार संगठन बााकेका सभापति अधिबक्ता प्रहलाद बहादुर कार्की, हुरिपप बााके अध्यक्ष मो आलम खान, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन नेपालगन्जका अध्यक्ष जगदम्बा पाठक, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी, अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, नागरिक अभियन्ता शैलेन्द्र कुमार बैश्यले संयुक्त विज्ञप्तीमार्फत आज सोमबार विरोध जनाउनु भएको छ ।