blog post

प्लाष्टिकजन्य प्रदुषण निर्मुल गर्न अभियान चलाइने

 जेठ २२, २०८०, सोमबार

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गरौं मुल नारासहित आज बाँकेमा पनि विश्व वातावरण दिवस मनाईंएको छ । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दिवसको अवसरमा बाताबरण अभियन्ताहरुसंग छलफल गरेको छ ।

छलफलका क्रममा सहभागीहरुले नेपालगन्जबाट प्लाष्टिकजन्य पदार्थको नियन्त्रणका लागि विशेष अभियान संचालन गरिने भएको छ । प्लाष्टिकजन्य पदार्थहरुको विगीविगी बढिरहेको बेला यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायको सहयोग आवश्यक रहेको औल्याइएको थियो । 

वाताबरणमैत्री समाज निमार्णका लागि आ आफ्नैस्तरबाट सबैजना लाग्नुपर्नेमा जोड दिदै प्लाष्टिक विकल्पको जरुरी रहेको कुरामा जोड दिइयो । त्यस अवसरमा नेपालगन्जमा प्लाष्टिक मुक्त अभियान सञ्चालनका लागि अभियन्ता ताराकुमारी रोकायको संयोजत्वमा सञ्जाल निमार्ण गरिएको छ ।

सञ्जालको सदस्यहरुमा वाताबरण अभियन्ता डा. विनोद कर्ण, विश्वजित तिवारी, कृष्णप्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाई, युवराज पाण्डे, प्रहलादबहादुर कार्की, लोकबहादुर शाह, बलबहादुर चन्द, हिराबहादुर श्रेष्ठ, रविन्द्रकुमार ज्ञवाली, सुर्यलाल यादव रहनुभएको छ ।

बाताबरणको क्षेत्रमा काम गर्ने अन्य अभियन्ताहरुलाई यस सञ्जालमा समाबेश गरिने संयोजक रोकायले बताउनुभयो । 
त्यसअवसरमा उज्यालो लाली गुरास गारमेन्टका सञ्चालक रोकायले झोलाको प्रयोग गर्नका लागि कपडाको झोला प्रदान गर्नुभएको थियो ।