blog post

जानकीमा जेसी परिक्षण

 चैत १३, २०७९, सोमबार

नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ । स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो । 


प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशकोको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले त्यस अन्र्तगत जेसी परिक्षणका एक सय बढी सूचकमा अध्ययन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको प्रमाण तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ । 


गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले पालिकालाई कसरी अगाडि बढाउने, वजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा गहन छलफल भएको बताउनुभयो । कार्यशालामा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, लेखा शाखाका प्रमुख मतिन अहमद अन्सारी, वडा अध्यक्षहरु मो रजा राई, चन्द्रिका प्रसाद गुप्ता, राजकुमार कुर्मी, जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 


कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गर्नुभएको थियो । संस्थाले बाँके जिल्लाको जानकीसंगै खजुरा र कोहलपुर नगरपालिकाको जेसी परिक्षण गरिरहेको छ ।