blog post

सूचनाको हकसम्वन्धी अनुशिक्षण

 जेठ २१, २०८०, आइतबार

नेपालगन्ज २१ जेठ । बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित एकदिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो ।

अनुशिक्षणमा नगरपालिकाका वडाध्यक्ष, कार्पपालिका सदस्य र विभिन्न शाखाका प्रमुखलगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो ।


अनुशिक्षण समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शितामा मद्दत पुग्ने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कोहलपुर नगरपालिका सूचनामैत्री भएको दाबी गर्दै अझै सूचनाको प्रवाह प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सूचना अधिकार समुह कोहलपुरका संयोजक जयसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरपपालिका प्रेस सल्लाहकार प्रियास्मृति ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हकको कार्यन्वयनका सन्दर्भमा आएका समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो ।


त्यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा सुशासन प्रर्बद्धनमा योगदान गर्नुभएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्टाफ नर्स समिक्षा रावतलाई सम्मान गरिएको थियो