blog post

पत्रकारहरुका लागि भर्चुअल मानवअधिकार तालिम

 जेठ २२, २०७८, शनिबार

    
    नेपालगन्ज २२ जेठ । पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो । 
    तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्टिय मानवअधिकार आयोगका पुर्ब सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानूनविद अधिबक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिग र पत्रकारहरुको भुमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्र्तगतका विषय बस्तुहरुमा रिपोर्टिग गर्ने विश्वास लिइएको छ । 
    तालिममा बााके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय पत्रकारहरुको सहभागिता थियो । कोभिड १९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाईनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले तालिमको विषयबस्तु तथा उद्धेश्य बारे जानकारी गराउनुभएको थियो भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।