blog post

पेट्रोलियम पदार्थ र इन्धनको अभावप्रति बाँकेमा नागरिक अपिल

 चैत १९, २०७८, शनिबार

    नेपालगन्ज १९ चैत । विना कुनै जानकारी पेट्रोलियम पदार्थ र ग्यास इन्धनको कृतिम अभावप्रति गम्भीर ध्यानाकषर्ण गराउदै सो तत्काल आपुर्ति गर्न बाँकेमा नागरिक अपिल जारी गरिएको छ । बाँके नागरिक समाजको तर्फबाट शनिबार साँझ बसेको आपतकालिन बैठकले उपभोक्तालाई कुनै पनि जानकारी नदिई एक्कासी बजारमा पेट्रोलियम पदार्थ र ग्यास इन्धनको अभाव शुरु भएको घटनाप्रति सरकारको ध्यानाकषर्ण गराइएको हो । 


    इन्धनको अभावमा आम उपभोक्ता र नागरिकमा धेरै नै समस्या परेको हुनाले यसको आपुर्ति सहज बनाउन नागरिक अपिलमाफर्त जोडदार माग गरिएको छ । नागरिक समाज बाँके अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा बसेको बैठकले आन्दोलनकारीका मागका विषयमा सरोकारवालाको ध्यान जओस र सहमती गरि आपुर्ति सहज बनाउन माग गर्दै नागरिकको सम्मानजनक बाच्न पाउने अधिकार र उपभोक्ताहरुको हकलाई संरक्षण गरि इन्धन ग्यास र पेट्रोलियम पदार्थको आपुति गर्न नागरिक अपिलमार्फत माग गरिएको हो । 


    नागरिक अपिलमा संयोजक तिवारी, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संयोजक डा विनोद कर्ण, हरित अभियानकर्मी हेमन्तराज काफ्ले, उपभोक्त मंच बाँके अध्यक्ष अधिबक्ता सुदिप भट्टराइ, नेपालगन्ज जेसिजका अध्यक्ष चिरञ्जवी शर्मा, सूचना अभियन्ता शैलेन्द्र बैश्य, पत्रकार कुन्तलराज शर्मा, नागरिक कासिम सिद्दिकी हस्ताक्षर गर्नुभएको छ ।