blog post

पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार

 मंसिर ०२, २०७९, शुक्रबार

नेपालगन्ज २ मसिंर । बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा रिट दायर गरिएको थियो ।

अदालतमा परेको रिटमाथी सुनुवाई गर्दै तत्कालको चिकित्सकको व्यवस्था गरि स्वास्थ्य सेवा संचालन गर्न आदेश दिएको थियो । सोही आदेशबमोजिम अहिले नरैनापुर स्वास्थ्य केन्द्रमा चित्सिक डा. रामगोपाल तिवारीले सेवा दिईरहनुभएको छ । 

उक्त स्वास्थ्य केन्द्रमा अहिले दैनिक ३०(४० जना विरामीहरु आउने गरेका छन् । तर पनि त्यस क्षेत्रका नागरिक हरु अलि बढि विरामी अझपनि उक्त स्वास्थ्य केन्द्र प्रति विश्वस्त हुन न सकिसकिरहेको अवस्था देखिन्छ । 


अहिले स्थलगत अनुगमनका क्रममा उक्त स्वास्थ केन्द्रमा औषधीहरु, उपकरणहरु र अन्य व्यवस्थामा सुधार भएको गाउँपालिका अध्यक्ष मोहम्मद इश्त्यिाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार संस्थाले गरेको पहललाई प्रंशसा गर्दै स्वास्थ्य सेवामा सुधार भएको छ ।

संस्थाले सार्वजनिक सरोकारको विषय भन्दै सो क्षेत्रमा स्वास्थ्य सेवाको सुधारका लागि अदालतमा रिट लगायतको वकालत गर्दै आएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो ।