blog post

उम्मेदवारका प्रतिबद्धता कार्यन्वयनका लागि लिखित करारनामा

 बैशाख २१, २०७९, बुधबार

    
    नेपालगन्ज २१, बैशाख । नागरिक र उम्मेदवारहरुबीच सामाजिक करार नामा गर्न थालिएको छ । नागरिकप्रति जवाफदेही र चुनावमा व्यक्त गरिने प्रतिबद्धताको कार्यन्वयनका लागि करारनामा गर्न थालिएको हो । 


    सुशासन र सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपवालगन्जले स्थानीय निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरुको कारारनामासहितको प्रतिबद्धता गराईरहेको छ । 


    आज बुधबार घरदैलोमा गरिरहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नेपाली कांग्रेश सयुक्त गठनबन्धनकातफबाट प्रशान्त विष्ट र राप्रपाबाट उम्मेदवार नन्दलाल बैश्यले करारनामामा सहीछाप गरि हस्ताक्षर गर्नुभएको छ । 

तपाई मतदाताको घरमा भोट माग्न आउने उम्मेदवारलाई यो करारनामामा हस्ताक्षर गराउन संस्थाका अध्यक्ष विश्वजित तिवारीले आग्रह गर्नुभयो ।

उहाँका अनुसार निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान भएकाले यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर प्रदान गर्दछ ।

त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरूले गर्ने बाचाहरूलाई लिखितम् गरी राखौ उहाँले भन्नुभयो ।   
    यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्नुपर्दछ । यसले जनप्रतिनिधिलाई जबाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउने काम गर्दछ । नागरिकका सवाल, समस्या, विकास, गुणस्तरिय सेवा, सुुशासन, पारदर्शिता र जवाफदेहिता, लगायत विभिन्न विषयबस्तु समेटिएको ८ बुदे करारनामा रहेको छ । संस्थाले यो करारनामा प्राय सबै पदका उम्मेदवारहरुको हस्ताक्षर गराउने छ ।