blog post

स्थानिय तहको योजनातर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद

नेपालगन्ज ३० बैशाख । स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यन्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिकहरुले जोड दिएका छन । स्थानीय तहले योजना छनौट गर्दा लक्षित समुहका सवाल पहिचान गरि त्यसका आधारमा योजना तयार गरि कार्यान्वयन गर्नपर्ने सुझाव दिएका थिए । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज विहीबार गरेको स्थानिय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल बैठकका सहभागिहरुले यस्तो बताएका थिए । योजना तर्जुमा प्रक्रियालाई पुर्ण रुपमा कार्यन्वयन गरि तोकिएको समयमै स्थानीय तहहरुले गर्नुपर्ने र समुदायस्तरका दिर्घकालिन तथा प्रभावकारी योजना संचालन गर्ने र पछाडी पारिएका तथा अन्य लक्षित समुदायको सवाललाई विशेष प्राथमिकतामा राख्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्थानियस्तरको योजना तर्जुमा प्रकृया र सो प्रकृयामा नागरिक समाजको भुमिकाका विषयमा एफएचआइका सुशासन सल्लाहकार प्रनभ भटराई, योजना तर्जुमा प्रकृयामा सिमान्तकृत, विपन्न, महिला, अपांगता र पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चिततामा नागरिक समाज र स्थानिय तहको भुमिकाका विषयमा एफएचआइका भोला भटराई र सम्झना कक्षपति र योजना तर्जुमामा मानवअधिकारमुखी दृष्टिकोणका बारेमा सन्तोष सिग्देलले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा डुडुवा गाउापालिकाका जनप्रतिनिधी, र कर्मचारी, नागरिक समाजका अगुवा, लक्षित समुह लगायतको सहभागिता रहेको थियो । अहिलेको कोरोना संक्रमण महामारीका बेला यो भर्चुअल छलफल गरिएको छ । भने यो परिस्थितीमा सबैले स्वास्थ्य सुरक्षा अपनाइ सर्तक भएर घरमा बसेर सुरक्षित बस्नुहनेछ भन्ने विश्वास लिइएको छ ।